ad ad

खेल


केन्याविरुद्ध आसिफले बनाए शतक

केन्याविरुद्ध आसिफले बनाए शतक

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १८:४९, काठमाडौँ

केन्यासँगको पहिलो एकदिवसीय क्रिकेटमा आसिफ शेखले शतक पूरा गरेका छन्।

केन्याले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले आसिफको शतक मद्यतमा १ सय ४ रन बनाए।

अन्तर्राष्ट्रिय एक दिवसीयमा आसिफको पहिलो शतक हो।

३९ दशमलब ४ बलमा छक्का प्रहार गर्दै उनले शतक बनाएका हुन्।

४० ओभरको खेल सकिँदा नेपालले मात्र १ विकेट गुमाएर १ सय ८८ रन जोडेको छ ।

अब जीतका लागि नेपाललाई ३१ रन आवश्यक छ। क्रिजमा अहिले ज्ञानेन्द्र मल्ल र आसिफ छन्।

यसअघि नेपालका ओपनर व्याटर अर्जुन साउथ ६१ रन बनाएर क्याच आउट भएका थिए।

केन्याविरुद्धको पाँच सिरिज टी–२० पनि नेपालले जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .