ad ad

खेल


बंगलादेशसँगको हारपछि माफी माग्दै कोचको राजीनामा, भने– अब फाइनलमा पुग्न गाह्रो छ

बंगलादेशसँगको हारपछि माफी माग्दै कोचको राजीनामा, भने– अब फाइनलमा पुग्न गाह्रो छ

फाइल तस्बिर


नेपालखबर
असोज ३, २०७९ सोमबार २०:२१, काठमाडौँ

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले समर्थकसँग माफी माग्दै राजीनामा दिएका छन्। साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा बंगलादेशसँग पराजित भएसँगै थापाले पदबाट राजीनामा दिएका हुन्। 

राजीनामा घोषणा गर्दै थापाले टोलीको प्रर्दशनबाट खुसी भएको बताए।

‘खेलाडीले सक्न प्रर्दशन गरेकै हो।  नेपाललाई अब फाइनलमा पुग्न गाह्रो छ,’ उनले भने, ‘भारतभन्दा बंगलादेश बलियो देखिएको छ। यो कुरालाई स्वीकार गर्नुपर्छ। पाँचौँ पटक फाइनल पुग्दा पनि उपविजेतामा नै चित्त बुझाउनु पर्यो।’

उनले यो लेभलभन्दा माथि जान अझै मिहेनत गर्नुपर्ने बताए। ‘आजदेखि यो टिम छाडे। हामीले भारतलाई हरायौ त्यसैले यो टिम राम्रो छ। यो लेभलभन्दा माथि जानका लागि धेरै मेहनत गर्न जरुरी छ।’ थापाले भने। 

खेलको सुरुदेखि नै लिड गर्न नसक्दा खेलाडीको मनोबल कमजोर भएको उनले बताए। 

‘हामीले लिड गर्न नसक्दा खेलाडीको मनोबल कमजोर भयो। चान्स पाए पनि सदुपयोग गर्न सकेनौँ। उनीहरुले सदुपयोग गरे,’ थापाले भने। 

दबाबमा राख्दा राख्दै पनि हारिएको समीक्षा उनले सुनाए। ‘भारतसँग जस्तो खेल नेपालसँग खेल्न नसकेको हो। खेलमा दबाबमा राख्दा राख्दै पनि हार्न पुग्यो। तेस्रो गोल खाने बित्तिकै खेलमा फर्कन गाह्रो भयो।’ प्रशिक्षक थापाले भने, ‘गोलरक्षकलाई रिप्लेस गर्न पर्ने थियो सकेनौ। यो पार्ट अफ गेम हो अर्को वर्ष आउनुहुन्छ खेल्नुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .