खेल


नवौं राष्ट्रिय खेलकुद : भारोत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण

नवौं राष्ट्रिय खेलकुद : भारोत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण

नेपालखबर
असोज ३०, २०७९ आइतबार १९:२७, पाेखरा

नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण पदक जितेको छ। 

पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी हुन्।  

उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितिन्। 

एपीएफकी लीला राईले रजत र मधेश प्रदेशकी अम्बिकाकुमारी यादवले कास्य जिते।

एपीएफकी लीलाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी र अम्बिकाले न्याचतर्फ ३५ र क्लीन एण्ड जर्कमा ४० गरी कुल ७५ केजी भार बहन गरेका थिए।

प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कास्य पदकका लागि खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .