ad ad

खेल


क्यान कार्यसमिति निलम्बन गर्न राखेप छानबिन समितिको सुझाव

क्यान कार्यसमिति निलम्बन गर्न राखेप छानबिन समितिको सुझाव

नेपालखबर
माघ ११, २०७९ बुधबार १८:४३, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषदको नेपाल टि–२० लिग छानबिन समितिले नेपाल क्रिकेट संघ क्यानको कार्यसमितिलाई निलम्बन गर्न सुझाव दिएको छ।

लिगमा स्पट फिक्सिङको आशंका देखिएपछि राखेपले छानबिन समिति गठन गरेको थियो। राखेपका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले बुधबार प्रतिवेदन बुझाएको हो। 

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पनि स्पट फिक्सिङमा नेपालका एक खेलाडीसहित ४ जना र विदेशी ६ जनाको संलग्नता देखिएको सार्वजनिक गरेको छ। संलग्न विदेशीमा क्यानले नेपाल टी २० का लागि रणनीतिक तथा व्यापारिक साझेदारका रुपमा छानेको सेभेन थ्री स्पोर्टसका मालिक र प्रमुख कार्यकारी अधिकृत नै संलग्न रहेको जनाएको छ। उक्त कम्पनीसँग सम्झौता गर्दा देखिकै विषयमा छानविन समितिले प्रश्न उठाएको छ। 

नेपाल क्रिकेट संघका सरोकार पक्षहरुबाट नेपाल टी २० लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता लगायतका बिषमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना भएको नदेखिएकोले सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था अनुसार कारबाही गर्न सुझाव दिएको छ। 

दफा ४४ को उपदफा २ मा राष्ट्रिय खेल संघ वा प्रदेश र स्थानीयस्तरका खेल सम्बन्धी संस्था वा निकाय तथा संघले विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ संस्था, विदेशी संस्था वा व्यक्तिसँग सम्झौता गर्दा परिषद मार्फत नेपाल सरकारको स्वीकृति लिनु पर्ने उल्लेख छ।

क्यानले सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्दा स्वीकृति लिएको नदेखिएको छानबिनमा पाइएको छ। 

ऐनको दफा २८ मा संघले पालना गर्नु पर्ने शर्तहरु छन्। ती शर्तहरु क्यानले पालना नगरेको निस्कर्ष छानविन समितिले निकालेको छ। 

यस्ता छन् शर्तहरु :

यस्तै दफा २९ मा निलम्बन गर्न सक्ने व्यवस्था छ। कुनै राष्ट्रिय खेल संघ वा महासंघले दफा २८ बमोजिमका कुनै शर्त उल्लंघन नगरेमा परिषदले सम्बन्धित संघलाई निश्चित अवधि तोकी त्यस्तो शर्तको पालना गर्न निर्देशन दिन सक्ने उल्लेख छ। 

दफा २९ मा यस्तो छ व्यवस्थाः

यस्तै समितिले सेभेन थ्रीसँगको सम्झौता खारेज गर्न पनि सुझाव दिएको छ। यस विषयमा अनुसन्धान गरिरहेको सीआईबीलाई सहयोग गर्न र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) छलफल र समन्वय गर्नु पर्ने पनि राय दिएको छ। 
नेपाल टि २० लिग पुस ९ गतेदेखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .