ad ad

खेल


यूएई जाने टोलीमा परेनन् सन्दीप, रोहितले भने : उनी हुँदा सजिलो थियो, अरु स्पिनर चल्न सक्नुपर्छ

यूएई जाने टोलीमा परेनन् सन्दीप, रोहितले भने : उनी हुँदा सजिलो थियो, अरु स्पिनर चल्न सक्नुपर्छ

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन ११, २०७९ बिहिबार १८:२६, काठमाडौँ

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताएका छन्। 

यूएईमा हुन लागेको आइसीसी विश्वकप लिग–२ अन्तर्गतको श्रृंखलामा मुख्य लेग स्पिनर सन्दीप नहुने भएपछि टोलीका अन्य स्पिनरले जिम्मेवारी लिनुपर्ने उनले बताएका हुन्। 

बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितले सन्दीपको स्थान अन्य बलर तथा स्पिनरले लिनुपर्ने बताएका हु्न्। 

उनले सन्दीप टोलीको महत्वपूर्ण बलर भएको र ४ खेलमा १३ विकेट लिँदा टोलीलाई सहज भएको बताए।

प्रधानमन्त्रीसँग कप्तान रोहित पौडेल। तस्बिर : प्रदीपराज वन्त

सन्दीपको अनुपस्थिति टोलीलाई धेरै खट्किने बताउँदै पौडेलले उनको स्थानलाई अन्य खेलाडीले लिनुपर्ने बताए।

नेपाली राष्ट्रिय क्रिकेट टिम शनिवार यूएई भ्रमण गर्दैछ। यूएई भ्रमणको क्रममा नेपालले आयोजक यूएई र पपुवान्युगिनीसँगै दुई खेलको त्रिकोणात्मक श्रृंखला खेल्ने तालिका रहेको छ।

नाबालिग बलात्कारको आरोप लागेको सन्दीपलाई अदालतले विदेश जान रोक लगाएको छ। त्यसैले नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई टिममा समावेश गरेको छैन। 

भ्रमणको क्रममा नेपालले यूएईको भूमिमा चार खेल खेल्नेछ  भने लगत्तै नेपाल फर्किएर थप उनै टोलीसँग थप चार खेल खेल्नेछ। 

यूएई भ्रमणअन्तगर्तत नेपालले पहिलो खेल २७ तारिखमा पपुवान्युगिनिसँग खेल्नेछ भने दोस्रो खेल २ मार्चमा यूएईसँग हुनेछ।

यस्तै तेस्रो खेल ३ मार्चमा पपुवा न्युगिनीसँग पुनः हुनेछ भने ६ मार्चमा घरेलु टोली यूएईसँग दोस्रो खेले खेलेर स्वदेश फकिर्नेछ।

लिग–२ मा नेपाल २८ खेलबाट  १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौँ स्थानमा छ। बाँकी ८ खेलमा कम्तीमा ५ जिते नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ।

को को छन् टोलीमा? 
रोहितकुमार पौडेल,  कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जि.सी र श्याम (मौसम) ढकाल। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .