ad ad

खेल


भुटानविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अञ्जन फर्किँदा भरत बेन्चमा

भुटानविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अञ्जन फर्किँदा भरत बेन्चमा

फाइल तस्बिर


नेपालखबर
चैत १४, २०७९ मंगलबार १७:२०, काठमाडौँ

प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगितामा भुटानसँगको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ। 

भुटानसँगको खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले एक खेलाडी परिवर्तन गरेका छन्। 

चोटका कारण पहिलो खेलमा अनुपस्थित अञ्जन विष्ट आजको खेलमा सुरुवाती रोजाइमा खेल्दैछन्। 

लाओसविरुद्धको पहिलो खेलमा सुरुवाती रोजाइका भरत खवास भुटानविरुद्ध बेन्चमा छन्। 

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।

नेपाललाई फाइनलमा पुग्न बराबरीको नतिजा नै पर्याप्त हुनेछ। भुटानलाई फाइनलमा पुग्न नेपाललाई कम्तीमा २ गोलको अन्तरले हराउनुपर्ने चुनौती छ।

नेपालले पहिलो खेलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। भुटान पहिलो खेलमा लाओससँग २–१ ले नै पराजित भएको थियो। 

नेपाली टोली :
किरणकुमार लिम्बु,  विकास खवास, अनन्त तामाङ,  नविन लामा,  एरिक विष्ट,  अञ्जन विष्ट,  पुजन उपरकोटी,  नवयुग श्रेष्ठ,  आयुष घलान,  सनिष श्रेष्ठ रोहित चन्द ठकुरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .