खेल


महिला क्रिकेटरको नयाँ वर्गीकरण, ग्रेड ‘ए’ मा पर्नेलाई मासिक ५० हजार तलब

महिला क्रिकेटरको नयाँ वर्गीकरण, ग्रेड ‘ए’ मा पर्नेलाई मासिक ५० हजार तलब

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०८० सोमबार १४:३९, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। पुरुष र महिला दुवै खेलाडीहरूको नयाँ वर्गीकरण सोमबार सार्वजनिक गरिएको हो।

क्यानले सोमबार सार्वजनिक गरेको १९ जना महिला क्रिकेटरहरूको नयाँ वर्गीकरणअनुसार ३ जना खेलाडीहरू ग्रेड ‘ए’मा परेका छन्।

जसअनुसार ग्रेड ‘ए’ मा इन्दु बर्मा, रुबिना क्षत्री र सीता राना मगर परेका छन्।

क्यानका अनुसार ग्रेड ‘ए’ मा पर्ने महिला खेलाडीहरूलाई मासिक ५० हजार रुपैयाँ तलब दिइने भएको छ।

क्यानले सार्वजनिक गरेको नयाँ वर्गीकरण अनुसार ग्रेड ‘बी’ मा परेका खेलाडीहरूलाई मासिक ३५ हजार तलब दिइने भएको छ।

ग्रेड ‘सी’ मा पर्ने खेलाडीहरूलाई क्यानले मासिक ३० हजार रुपैयाँ, ग्रेड ‘डी’ मा पर्नेलाई मासिक २५ हजार र इमर्जिङ क्याटागोरीमा पर्ने खेलाडीलाई मासिक २० हजार तलब दिने निर्णय पनि क्यानले गरेको छ। 

को कुन ग्रेडमा?
ग्रेड ‘ए’ - इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर
ग्रेड ‘बी’ - कविता कुँवर
ग्रेड ‘सी’- पूजा महतो, अश्मिना कर्माचार्य
ग्रेड ‘डी’- अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल
इमर्जिङ क्याटोगरी-सोनी पाख्रिन, खुशी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुवि पोदार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का, सना प्रविन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad