खेल


अर्धशतकबाट चुके आशिफ, दीपेन्द्र १ रनमै आउट

अर्धशतकबाट चुके आशिफ, दीपेन्द्र १ रनमै आउट

तस्बिर : विशाल कार्की


नेपालखबर
फागुन २२, २०८० मंगलबार १२:३९, काठमाडौँ

ओपनर आशिफ शेख टी–२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा दीपेन्द्रसिंह ऐरी केबल १ रनमै आउट भएका हुन्। 

आशिफ शेख आउट भएपछि क्रिजमा छिरेका उनी १४.३ ओभरमा एलबीडब्लु धरापमा पर्दै आउट भए। 

यसअघि आशिफ शेख नेदरल्याण्ड्सविरुद्ध अर्धशतक पूरा गर्नबाट चुकेका छन्। 

आशिफ चौधौँ ओभरको चौथो बलमा ४७ रन बनाउँदा एलबीडब्लु धरापमा परे। ३७ बलमा १ चौका र ३ छक्का हानेका आशिफ माइकल लेविटको बलमा एलबीडब्लु धरापमा परे। 

गुलशन झा २९ रनमा नटआउट छन्। अहिले क्रिजमा कुशल मल्ल आएका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको नेपालले १५ औँ  ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा १ सय २९ रन बनाएर खेलिरहेको छ। 

कप्तान रोहित पौडेल १० ओभरको दोस्रो बलमा विकेट किपरको हातबाट आउट भए। १९ बलमा ३ चौका र १ छक्का हानेका रोहित २५ रन बनाउँदा माइकल लेभिटको बलमा आउट भए। 

त्यसअघि ओपनर कुशल भुर्तेल चौथो ओभरको तेस्रो बलमा २० रन बनाउँदा टिम भान डेर गुटेनको बलमा बोल्ड आउट भए। कुशलले १० बलमा १ चौका र २ छक्का प्रहार गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .