ad ad

खेल


सद्‍भाव, जयवीर र आइस्टिना एसिया फाइनलमा छनोट

सद्‍भाव, जयवीर र आइस्टिना एसिया फाइनलमा छनोट

सरोज नेपाल
चैत ३०, २०८० शुक्रबार १९:४२, काठमाडौँ

सद्‍भाव आचार्य, जयवीर आचार्य र आइस्टिना टण्डनले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसीपको उपाधि जित्दै भियतनाम र स्पेनमा हुने फाल्डो सिरिज एसिया फाइनलमा छनोट भएका छन्।

सद्‍भाव समग्रमा १ अन्डर २ सय ३ स्कोर सहित पुरूष १७ देखि २१ वर्ष उमेरसमुह र समग्र च्याम्पियनसीपको उपाधि जित्न सफल रहे।

शुक्रबार १  अन्डर६७ मा खेल सकाउँदै सदभावले संसार विकेलाई ३१ स्ट्रोकको फराकिलो अन्तरमा हराए। प्रो गल्फरहरूलाई समेत माथ दिँदै आएका सदभावलाई प्रतियोगितामा अन्य गल्फरले चुनौती दिन सकेनन।

अन्तिम १८ होलको खेल सुरू गर्दा सद्‍भावसँग १७ स्ट्रोकको अग्रता थियो। शुक्रबार उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गर्दा तेस्रो र छैटौं होलको बोगीले फ्रन्ट नाइन इभन पार ३४ मा सकाए।

यसपछि १०औ, ११औं र १४औंहोलमा एक–एक सट बचाउन सफल हुँदा ३ पारको १७औं होलमा डबलबोगी खेप्दा ब्याक नाइन १ अन्डर ३३ मा पुरा गरे।

चारवर्ष अगाडि सदभाव १२ देखि १६ वर्षको उमेर समूहमा छनोट भएपनि कोभिडको कारणसहभागीता जनाउन पाएका थिएनन्।

१३-ओभर १ को स्कोर दर्ज गर्दै समग्रमा ३०-ओभर २ सय ३४ सहितपोखराका संसार विके दोस्रो भए। यस्तै आज १०-ओभर ७ को स्कोर मासमग्रमा ३३-ओभर २ सय ३७ सहित स्वप्नील भट्टराई तेस्रो भए।

पुरूष १२ देखि १६ वर्ष उमेर समूहमा जयवीर आचार्यले आज ५-ओभर ७३स्कोर गरे। समग्रमा ४९-ओभर २ सय ५३ सहित उपाधि जित्न सफल भए। अन्तिम १८ होलको सुरूवात गर्दा जयवीर लिडर सिद्धान्त भन्दा नौ स्ट्रोकलेपछि थिए।‌ तर शुक्रबार ५-ओभरको स्कोरमा सोहम अग्रवाललाई ४ स्ट्रोकले हराउँदै उनी पहिलो भए। उनी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको पहिलो पटक हो।

आज १२-ओभर ० सहित समग्रमा ५३-ओभर २ सय ५७ सहित सोहम दोस्रोभए। समग्रमा ५५-ओभर २ सय ५९ सहित दोस्रो दिनका लिडर सिद्धान्तसापकोटा तेस्रो भए। उनले आज २०-ओभर ८ को खराब प्रदर्शन गरे।

महिलातर्फ अवानी राईलाई १ स्ट्रोकले हराउँदै आइस्टिना टण्डन पहिलोभइन। आइस्टिनाले आज २१-ओभर ८९ को प्रदर्शन गर्दा समग्रमा ६०-ओभर२ सय ६४ सहित उपाधि जित्न सफल भएकी हुन। उनले आज फ्रन्ट नाइन६-ओभर ४० र ब्याक नाइन १५-ओभर ४९ मा सकाइन। आज १५-ओभर ८३सहित समग्रमा ६१-ओभर २ सय ६५ को कूल स्कोरमा अवानी दोस्रो भइन।अनभद्या मल्ल तेस्रो भइन।

नेपाल गल्फ संघद्वारा आयोजित ५४ होलको तीन दिने प्रतियोगितामा काठमाडौँ, पोखरा, धरान र चितवनका ३१ खेलाडी सहभागी भए।

तीनजना विजेता खेलाडीले भियतनाम र स्पेनमा आयोजना हुने फाल्डो सिरिज एसिया फाइनलमा स्थान पक्का गरे।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .