ad ad

खेल


सीटीलाई हराउँदै रियल सेमिफाइनलमा

सीटीलाई हराउँदै रियल सेमिफाइनलमा

नेपालखबर
बैशाख ६, २०८१ बिहिबार ६:२३, काठमाडौँ

साविक विजेता म्यानचेष्टर सीटी युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमै रोकिएको छ। 

बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा सीटीलाई टाइब्रेकरमा पराजित गर्दै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। 

इत्तिहाद स्टेडियममा भएको खेलमा रियलले सीटीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो। 

क्वार्टरफाइनलको दोस्रो लेग निर्धारित समयमा १–१ को बराबरीमा टुंगिएको थियो। थप समयमा पनि गोल हुन नसकेपछि समग्रमा ४–४ बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। पहिलो लेगमा पनि ३–३ को बराबरी भएको थियो।

रियलका गोलरक्षक लुनिनले दुई पेनाल्टी प्रहार जोगाएपछि १४ पटकको च्याम्पियन टोली रियलले साविक विजेता सीटीलाई क्वार्टरफाइनलमै रोकेको हो। 

खेलको १२ औँ मिनेटमा रोड्रिगोको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफमा १–० ले पछि परेको सीटीले दोस्रो हाफमा पुनरागमन गरेपनि टोलीका लागि पर्याप्त भएन। खेलको ७६ औँ मिनेटमा डि ब्रुएनको गोलमा सीटी खेलमा फर्किएको थियो। 

यो हारसँगै सीटीको च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको अर्को ट्रेवल उपाधि जित्ने यात्रामा धक्का पुगेको छ। 

रियलले अब फाइनल प्रवेशका लागि बायर्न म्युनिखको सामना गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .