खेल


कलेजस्तरीय फुटसल च्याम्पियनसिप एक्सन स्पोर्ट्समा प्रत्यक्ष हेर्न पाइने

कलेजस्तरीय फुटसल च्याम्पियनसिप एक्सन स्पोर्ट्समा प्रत्यक्ष हेर्न पाइने

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १६:३९, काठमाडौँ

अखिल नेपाल फुटबल संघको आयोजनामा बुधबारदेखि जेठ ९ सम्म हुने कलेजस्तरीय फुटसल च्याम्पियनसिप एक्सन स्पोर्ट्स एचडी वानमा प्रत्यक्ष हेर्न पाइने भएको छ।

डिस मिडिया नेटवर्कले उक्त च्यानलबाट प्रतियोगिता प्रत्यक्ष देखाउने भएको हो।

यससम्बन्धी सम्झौतामा प्याराडाइम ग्रुपबाट सिसन बानिया र डिश मिडिया नेटवकबाट बिजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका छन्।

प्रतियोगितामा प्लस टु र ब्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ। 

सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ। 

प्रतियोगिताको सम्पूर्ण खेल लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .