विराटनगर किंग्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा पोखरा एभेन्जर्स लगातार विकेट गुमाउन पुगेको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले दोस्रो ओभरमै दिनेश खरेललाई गुमाएको थियो। त्यसपछि कप्तान कुशल भुर्तेल र एडम रोसिङटनले आक्रमक ब्याटिङ गरेका हुन्।
विराटनगरका कप्तान सन्दीप लामिछानेले एउटै ओभरमा दुई विकेट लिएपछि पोखरा धरमराएको हो। सन्दीपले जेम्स निशम र तिर्थराज दासलाई आउट गरे।
त्यसअघि पोखराका लागि एडम रोसिङटन ३९ रन बनाएर आउट भए। उनले २१ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे।
पोखराले आठ ओभरमा चार विकेट गुमाएर ९२ रन बनाएको छ। कप्तान भुर्तेल ४४ रन बनाएर खेलिरहेका छन्। यसअघि ब्याटिङ गरेको विराटनगरले ६ विकेट गुमाएर २२० रन बनाएको थियो।

प्रतिक्रिया