खेल


एनपीएलमा एडम रोसिङटनको पहिलो शतक

एनपीएलमा  एडम रोसिङटनको पहिलो शतक

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १७:२८, काठमाडौँ

पोखरा एभेन्जर्सका प्रारम्भिक ब्याटर एडम रोसिङटनले पहिलो शतक प्रहार गरेका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार एडमले कर्णाली याक्सविरुद्ध ५५ बलमा शतक प्रहार गरेका हुन्। उनले ११ चौका र ६ छक्का प्रहार गरे। 

एनपीएलमा यो दोस्रो शतक हो। यसअघि कर्णाली याक्सका मार्क वाटले शतक प्रहार गरेका थिए। 

यो शतकसँगै एडम एनपीएलमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन्। उनले दुई सय ५३ रन बनाएका छन्।

दोस्रो नम्बरमा रहेका चितवनका रवि बोपाराको दुई सय सात रन छ भने तेस्रो नम्बरमा रहेका कर्णालीका मार्क वाटको १८३ रन छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad