खेल


साफ महिला क्लब च्याम्पियनसिप: पहिलो उपाधि जित्ने लक्ष्यका साथ इस्ट बंगालसँग भिड्दै एपीएफ

साफ महिला क्लब च्याम्पियनसिप: पहिलो उपाधि जित्ने लक्ष्यका साथ इस्ट बंगालसँग भिड्दै एपीएफ

नेपालखबर
पुस ५, २०८२ शनिबार ८:२३, काठमाडौँ

काठमाडौँमा जारी साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि आज (शनिबार) विभागीय टोली एपीएफ फुटबल क्लब भारतको लिग च्याम्पियन इस्ट बंगाल एफसीसँग भिड्दै छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ। 

एपीएफ र इस्ट बंगाल दुवै टोली साफ क्लब च्याम्पियनसिप पहिलो संस्करणको उपाधि जित्ने दाउमा छन्। 

राउन्ड रोबिनमा आधारित खेलमा इस्ट बंगाल शीर्ष र एपीएफ दोस्रो स्थानमा रहँदै फाइनलमा भिड्न लागेका हुन्।

जारी प्रतियोगितामा एपीएफ र इस्ट बंगाल दुवै अपराजित टोली हुन्। 

एपीएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले हराएको थियो भने दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड महिला एफसीसँग गोलरहित बराबरी गरेको थियो। 

पाकिस्तानको कराँची एफसीविरुद्ध १–० को जित हासिल गरेको एपीएफले राउन्ड रोबिनको अन्तिम खेलमा इस्ट बंगालसँग गोलरहित बराबरी गर्दै अंक बाँड्यो। 

यता इस्ट बंगालले नसरिन स्पोर्ट्स एकेडेमीलाई ७–०, कराँची एफसीलाई २–०, ट्रान्सपोर्ट युनाइटेडलाई ४–० ले हराएको थियो। एपीएफसँग भने उसले गोलरहित बराबरी गर्‍यो। 

तीन खेलमा जित र एक खेलमा बराबरी गरेको इस्ट बंगाल गर्दै १० अंकसहित शीर्षस्थानमा छ। अनि २ खेलमा जित र २ मा बराबरी गरेको एपीएफ ८ अंकका साथ दोस्रो स्थानमा छ।

च्याम्पियनसिपमा सहभागी भुटानको ट्रान्सपोर्ट युनाइटेड ३ अंक बनाएर तेस्रो स्थानमा रह्यो। 

समान २ अंक भए पनि गोलअन्तरमा अघि रहँदै पाकिस्तानको कराँची सिटी चौथो र बंगलादेशको नसरिन एकेडेमी पुछारमा रहेर च्याम्पियनसिप सकाएका छन्।

यो पनिइस्ट बंगाललाई पन्छाएर साफ महिला क्लब च्याम्पियन बन्ने एपीएफको दाउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad