नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गोलकाे मद्दतमा वेलिंगटन फिनिक्सले निन्जा ए लिगमा सानदार जित हासिल गरेको छ।
शनिबार भएको खेलमा वेलिंगटनले सिड्नी एफसीलाई ७-० को फराकिलो गोलअन्तरले हराएको हो।
वेलिंगटनको जितमा साम्बाले २ गाेल गरिन्। साम्बाले खेलमो १३ र ६९ मिनेटमा गोल गरेकी हुन्।
खेलको तेस्रो मिनेटमा नै वेलिंगटनले १-० को अग्रता बनाएको थियो।
वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। साम्बाको गोलमा टोलीले अग्रता दोब्बर पारेको थियो।
३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा साम्बाको टोलीले खेलमा ३-० को आरामदायी अग्रता बनाएको थियो।
पहिलो हाफमा ३-० ले अग्रता बनाएको खेलमा वेलिंगटनले दोस्रो हाफमा ३ गोल थप्यो।
खेलको ५४औँ मिनेटमा ग्रेस जेलीले व्यक्तीगत दोस्रो गोल गर्दा वेलिंग्टनले ४-० को अग्रता लियो।
६९औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीले ५-० को फराकिलो अग्रता बनायो।
खेलको ९० मिनेटमा सातौँ गोल थप्दै वेलिंगटनले ए लिगमा ७-० को सानदार जित दर्ता गरेको हो।
यसअघि फ्रान्समा व्यावसायिक लिग खेलेकी साम्बा यो सिजन वेलिंगटनमा आबद्ध भएकी हुन्।
Shares

प्रतिक्रिया