खेल


बंगलादेश भारत जान तयार नभएपछि टी-२० विश्वकपमा फेरियो नेपालको प्रतिस्पर्धी, अब स्कटल्यान्डले खेल्ने

बंगलादेश भारत जान तयार नभएपछि टी-२० विश्वकपमा फेरियो नेपालको प्रतिस्पर्धी, अब स्कटल्यान्डले खेल्ने

नेपालखबर
माघ १०, २०८२ शनिबार १८:३६, काठमाडौँ

भारत र श्रीलंकामा हुने आइसीसी टी–२० विश्वकप २०२६ मा बंगलादेशको स्थान स्कटल्यान्डले लिने भएको छ। 

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले शनिबार बंगलादेशको स्थानमा स्कटल्यान्डलाई खेलाउने निर्णय गरेको हो। सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा खेल्न नमानेपछि आफ्नो खेल श्रीलंकामा सार्न आइसीसीलाई प्रस्ताव गरेको थियो। 

यो विषयमा करिब ३ साताको छलफल पछि आइसीसीले खेल तालिका सार्वजनिक भइसकेको र खेल स्थान तय भइसकेकाले बंगलादेशले भारतमा नै खेल्नुपर्ने बताएको थियो। 

तर बंगलादेश भारतमा विश्वकप नखेल्ने आफ्नो अडानमा रहेपछि आइसीसीले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई खेलाउने निर्णय गरेको हो। बंगलादेश बाहिरिएपछि वरीयताको आधारमा स्कटल्यान्डले विश्वकप खेल्ने भएको छ। 

विश्वकपमा नेपाल र बंगलादेश एकै समूहमा थिए। अब नेपालले बंगलादेशको स्थानमा स्कटल्यान्डसँग विश्वकप खेल्नेछ।

विश्वकपमा नेपाल र बंगलादेश एकै समूहमा थिए। अब नेपालले समूह सी बंगलादेशको स्थानमा स्कटल्यान्डसँग विश्वकप खेल्नेछ। 

यसअघि बंगलादेशले समुह चरणको सुरुवाती तीन खेल कोलकतालमा र नेपालसँगको खेल मुम्बइमा खेल्ने तालिका थियो।

विश्वकपमा नेपाल र बंगलादेश एकै समुहमा थिए। अब नेपालले समूह सी बंगलादेशको स्थानमा स्कटल्यान्डसँग विश्वकप खेल्नेछ।
 
यसअघि बंगलादेशले समूह चरणको सुरुवाती ३ खेल कोलकतालमा र नेपालसँगको खेल मुम्बइमा खेल्ने तालिका थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad