खेल


भारत र श्रीलंकामा जारी विश्वकपमा १ करोड १२ लाख डलरको कुल पुरस्कार रकम, विजेताले कति पाउँछ?

भारत र श्रीलंकामा जारी विश्वकपमा १ करोड १२ लाख डलरको कुल पुरस्कार रकम, विजेताले कति पाउँछ?

नेपालखबर
माघ २६, २०८२ सोमबार १४:४८, काठमाडौँ

भारत र श्रीलंकामा जारी आईसीसी पुरुष क्रिकेट टी२० विश्वकपमा यसपालि १ करोड १२ लाख ५० हजार अमेरिकी डलरको कुल पुरस्कार राशि रहेको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अनुसार यसमध्ये विश्वविजेताले २३ लाख ४० हजार अमेरिकी डलर पाउनेछ। त्यसैगरी रनर्स अपलाई ११ लाख ७० हजार डलर, सेमिफाइनलमा पराजित हुने टोलीले ६ लाख ७५ हजार डलर, पाँचौँदेखि आठौँ स्थानमा रहनेले २ लाख ७० हजार डलर, नवौँदेखि १२औँ स्थानमा रहनेले १ लाख १२ हजार ५ सय डलर पाउनेछन्। 

त्यसबाहेक प्रतिखेल जितका लागि ३१ हजार १ सय ५४ डलर र बेस प्राइज मनी १ लाख १२ हजार ५ सय डलर राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad