खेल


सेफर्ट र एलेनको अविजित साझेदारीमा यूएईमाथि न्युजिल्यान्डको कीर्तिमानी जीत

सेफर्ट र एलेनको अविजित साझेदारीमा यूएईमाथि न्युजिल्यान्डको कीर्तिमानी जीत

नेपालखबर
माघ २७, २०८२ मंगलबार १९:३८, काठमाडौँ

न्युजिल्यान्डका ओपनर टिम सेफर्ट र फिन एलेनको अविजित साझेदारीमा संयुक्त अरब ईमिरेट्स (यूएई) माथि कीर्तिमानी जीत दर्ता गरेको छ।

भारतको चेन्नईमा मंगलबार भएको दोस्रो खेलमा ओपनरद्वय सेफर्ट र एलेनले यूएईले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न अविजित १७५ रनको साझेदारी गरे। जुन टी-२० विश्वकपमा कुनै पनि विकेटका लागि भएको सबैभन्दा धेरै रनको साझेदारी हो। 

त्यसअघि कप्तान मोहमद वासिमको नटआउट ६६ रनको मद्दतमा यूएईले ६ विकेट गुमाउँदै १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर न्युजिल्यान्डले सेफर्टको ८९ र एलेनको ८४ रनको योगदानमा एकतर्फी नतिजा हात पार्‍यो। यो नतिजासँगै सुपर-८ का लागि न्युजिल्यान्डलाई बलियो अवस्थामा पुगेको छ। 

त्यसअघि मुहम्मद वसीम र अलिशान शराफुले पनि यूएईका लागि दोस्रो उच्च स्कोरको साझेदारी गरेका थिए। उनीहरूले बनाएको १०७ रनको साझेदारी यूएईको टोलीका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा बनेको दोस्रो उच्च रन हो। 

तर जवाफी ब्याटिङमा एलेन र सेफर्टले पावरप्लेमा नै झण्डै आधा लक्ष्य पूरा गरे। उनीहरूले ६ ओभरमा ९ चौका र ४ छक्का प्रहार गर्दै ७८ रन बनाएका थिए। सेफर्टले २३ बलमा र एलेनले ३७ बलमा अर्धसतक पूरा गरेका थिए। 

समूह ‘डी’ मा रहेको न्युजिल्यान्डको यो लगातार दोस्रो जीत हो। यसअघि पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। यूएईको पहिलो खेल हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad