खेल


टी-२० विश्वकपमा आज यस्ता छन् ३ भिडन्त

हालसम्म कसको कति अंक?
टी-२० विश्वकपमा आज यस्ता छन् ३ भिडन्त

नेपालखबर
माघ २९, २०८२ बिहिबार ६:२, काठमाडौँ

भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी२० विश्वकपमा आज बिहीबार पनि तीन खेल हुँदै छन्। 

बिहान ११ः१५ मा ओमानले सहआयोजक श्रीलंकाको सामना गर्दा नेपालले दिउँसो ३ः१५ मा इटालीसँग खेल्नेछ। त्यसैगरी साँझ ७ः१५ मा नामिबियाले सहआयोजक भारतको सामना गर्नेछ।

पहिलो खेल पलिकेली, दोस्रो मुम्बई र तेस्रो खेल दिल्लीमा हुनलागेको हो। 

हालसम्म कसको कति अंक? 
समूह एमा पाकिस्तान ४ अंकसहित पहिलो स्थानमा छ भने १ खेल कम खेलेको भारत २ अंकसहित दोस्रो र २ खेल खेलेको नेदरल्यान्ड १ जितसहित २ नै अंकसहित तेस्रो स्थानमा छ। यो समूहमा नामिबिया र अमेरिका अंकविहीन छन्। 

समूह बीमा अस्ट्रेलिया, जिम्बाब्वे र श्रीलंका पहिलो जितसहित क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। आयरल्यान्ड र ओमानले अंक जोड्न सकेका छैनन्। 

समूह सीमा शतप्रतिशत नतिजासहित वेस्ट इन्डिज ४ अंक जोडेर पहिलो स्थानमा छ। दुई दुई खेल खेलेका स्कटल्यान्ड र इंग्ल्यान्ड दोस्रो र तेस्रो स्थानमा छन्। अंक नजोडेको नेपाल र इटाली चौथो र पाँचौँ स्थानमा छन्। 

समूह डीमा ४/४ अंक जोडेका न्युजिल्यान्ड र दक्षिण अफ्रिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। बाँकी टोलीहरु अफगानिस्तान, यूएई र क्यानडा अंकविहीन छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad