नेपाली टोलीका आरिफ शेखले इटलीसँगको हारको कारण पावरप्लेमा चाँडै विकेट जानु र मध्यक्रम पनि चुक्नु मुख्य कारण भएको बताएका छन्।
खेलपछि पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै उनले इटालीविरुद्ध राम्रो खेल्न नसकेको स्वीकारे।
‘इंग्ल्यान्डविरुद्ध राम्रो खेल खेलेका थियौँ। पावरप्लेमा आज राम्रो गर्न सकेनौँ । २–३ विकेट छिटो विकेट गयो। मिडलओभरमा ३ विकेट गुमायौँ। हामी ब्याटिङ गर्दा ८–९ रन प्रतिओभर ल्याउने सोचेका थियौँ। दीपेन्द्र आउट भएपछि हामी सम्हालिन सकेनौँ’, उनले भने।
उनले इटालीका बलरको प्रशंसा समेत गरे।
‘उनीहरूका स्पिन बलरले मिडल पार्टमा राम्रो बलिङ गरे। हार्ने टोलीका लागि सधैँ निकै दुःखद हुने गर्छ। हामीले नेचुरल खेल नै खेलिरहेका थियौँ। मध्यक्रममा चुक्दा हार्न पुग्यौँ’, उनले भने।
255
Shares

प्रतिक्रिया