खेल


साम्बालाई उपचारमा सहयोग नगरेको भन्दै एन्फाविरुद्ध प्रदर्शन (तस्बिरहरू)

साम्बालाई उपचारमा सहयोग नगरेको भन्दै एन्फाविरुद्ध प्रदर्शन (तस्बिरहरू)

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १४:५५, काठमाडौँ

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले वेवास्ता गरेपछि पूर्व कप्तानसहितका खेलाडीले एन्फा कम्प्लेक्समा विरोध प्रदर्शन गरेका छन्। 

पूर्वकप्तानसहितका खेलाडीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेस परिसरमा ‘सावित्रा भण्डारी नेपाली नै हुन्?, एन्फा झुठको खेती कहिलेसम्म?, खेल खेल्ने खेलाडी नरहे तिमी कसरी रहन्छौँ एन्फा?, लिग त गराउन सकेको छैन खेलाडीको उपचारमा मद्धत त गर’ लगायतका नारा लेखिएका प्ले-कार्डसहित प्रदर्शन गरेका हुन्। 

राष्ट्रिय लिगका दौरान नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामासहित राष्ट्रिय टोलीका पूर्व कप्तान, वर्तमान उपकप्तान तथा खेलाडीले विरोध प्रदर्शन गरेका हुन्। 

साम्बाको उपचारमा एन्फाले वेवास्ता गरेपछि साम्बाले सामाजिक सञ्जालमार्फत उपचारका लागि आर्थिक सहयोग मागेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad