खेल


टी–२० विश्वकप: भारतले जितेर मात्र पुग्दैन भाग्यले साथ नदिए हुनेछ आउट

टी–२० विश्वकप: भारतले जितेर मात्र पुग्दैन भाग्यले साथ नदिए हुनेछ आउट

नरेन्द्र मोदी रंगशालामा आइतबार भएको टी-२० विश्वकपको 'सुपर एट' समूह-१ को खेलमा दक्षिण अफ्रिकाका खेलाडीबाट आउट भएपछि मैदान बाहिर जाँदै भारतका हार्दिक पाण्ड्य। सो खेल भारतले हारेको थियो। तस्विर: एएफपी


नेपालखबर
फागुन १४, २०८२ बिहिबार १३:२३, काठमाडौँ

भारत टी-२० विश्वकपमा सबैभन्दा बलियो दाबेदारका रूपमा उत्रेको थियो। सन् २०२४ को टी-२० विश्वकप उपाधि जितेपछि प्रतिस्पर्धीविरुद्ध शानदार प्रदर्शन गर्दै आएको भारतले विश्वकप सुरु हुनुअघि ४१ मध्ये ३१ टी-२० खेलमा जित हासिल गरेको थियो। यति मात्र होइन, यस अवधिमा बनेका सर्वोच्च स्कोरमध्ये ११ मध्ये तीनवटा भारतको नाममा थिए।

विश्वकपको पहिलो चरणमा चारै खेल जितेर सुपर-८ मा पुगेको सूर्यकुमार यादवको नेतृत्वको टोलीले दक्षिण अफ्रिकाविरुद्ध ७१ रनको ठूलो हार व्यहोर्नुपरेपछि अब टूर्नामेन्टबाट बाहिरिने खतरा उत्पन्न भएको छ।

अब टूर्नामेन्टमा टिक्नका लागि भारतलाई आफ्नो प्रदर्शनका साथसाथै अन्य टोलीका नतिजामा पनि निर्भर रहनुपर्ने अवस्था छ। अझ एउटा 'नराम्रो दिन' आयो भने टिम इन्डिया बाहिरिन सक्छ।

आजका महत्त्वपूर्ण खेल
बिहीबार साँझ भारतले चेन्नईको एमए चिदम्बरम स्टेडियममा जिम्बाब्वेविरुद्ध खेल्नेछ तर यो खेलभन्दा केही घण्टाअघि र केही सय किलोमिटर टाढा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच हुने खेलमा पनि भारतको नजर रहनेछ।

भारतले जिम्बाब्वेविरुद्ध ठूलो अन्तरले जित्नुपर्नेछ। साथै दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराओस् भनेर पनि भारतीय समर्थकहरू कामना गर्नेछन् — किनभने वेस्ट इन्डिजले जितेमा उनीहरूको नेट रनरेट भारतभन्दा यति बढी हुन्छ कि भारतका लागि अघि निस्कन कठिन हुनेछ।

भारतका लागि सबैभन्दा उपयुक्त परिस्थिति दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई राम्रो अन्तरले हराउनु हो। त्यसपछि भारतले वेस्ट इन्डिजलाई हराएमा मात्र ऊ दक्षिण अफ्रिकासँगै सेमिफाइनलमा आरामले पुग्नेछ।

यदि वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई हरायो भने उसका चार अंक हुनेछन् र उसको नेट रनरेट पनि भारतभन्दा धेरै बढी छ। त्यस्तो अवस्थामा भारतले जिम्बाब्वेले दक्षिण अफ्रिकालाई हरावस भनेर प्रार्थना गर्नुपर्नेछ। तर दक्षिण अफ्रिकाको हालको फर्मलाई हेर्दा जिम्बाब्वेले उसलाई हराउने सम्भावना न्यून छ।

यदि भारत, दक्षिण अफ्रिका र वेस्ट इन्डिज तीनैका चार-चार अंक भए भने निर्णय नेट रनरेटबाट हुनेछ। आजको खेल सुरु हुनुअघि वेस्ट इन्डिजको नेट रनरेट +५.३५०, दक्षिण अफ्रिकाको +३.८०० र भारतको -३.८०० छ। यस्तो अवस्थामा नेट रनरेटमा भारत पछि पर्न सक्छ र बाहिरिने खतरा झन् बढ्नेछ।

भारतका लागि सेमिफाइनल पुग्दे सर्वोत्तम  बाटो यही हो — दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराउनु र भारतले आफ्ना दुवै खेल जित्नू, त्यो पनि ठूलो अन्तरले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad