आईसीसी टी–२० विश्वकपअन्तर्गत सुपर ८ को खेलमा आज शुक्रबार इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै छन्।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ।
सुपर ८ को समूह २ बाट यसअघि नै अन्तिम चारमा पुगिसकेको इंग्ल्यान्ड अपराजित यात्रालाई कायम राख्दै सेमिफाइनल खेल्न चाहन्छ।
इंग्ल्यान्डले सुपर ८ को खेलमा श्रीलंकालाई ५१ रनले हराएको थियो। दोस्रो खेलमा पाकिस्तानलाई २ विकेटले हराएको थियो।
सुपर ८ मा लगातार दोस्रो जितसँगै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ।
सुपर ८ मा भने न्युजिल्यान्डले पहिलो खेलमा पाकिस्तानसँग अंक बाँडेको थियो।
दोस्रो खेलमा भने श्रीलंकालाई ६१ रनले हराएको थियो। न्युजिल्यान्डले इंग्ल्यान्डलाई पराजित गरे सेमिफाइनलमा स्थान पक्का गर्नेछ। यस्तोमा पाकिस्तान सु्पर ८ बाटै बाहिरिनेछ।
सुपर ८ मा अपराजित रहेको इंग्ल्यान्ड चार अंकमा तालिकाको शीर्ष स्थानमा छ। ३ अंक भएको न्युजिल्यान्ड ३ अंकमा दोस्रो स्थानमा छ।
२ खेलबाट १ अंक जोडेको पाकिस्तान तेस्रो स्थानमा छ। लगातार दुई खेलमा हार भोगेको विश्वकप आयोजक श्रीलंका सेमिफाइनल दौडबाट बाहिरिसकेको छ।
सुपर ८ मा अब समूह २ को अन्तिम खेलमा शनिबार श्रीलंका र पाकिस्तान खेल्ने तालिका छ।
अहिलेसम्म यो समूहबाट पाकिस्तान र न्युजिल्यान्ड सेमिफाइनल पुग्ने दौडमा छन्।
तर आजको खेलमा न्य्जिल्यान्डले इंग्ल्यान्डलाई पराजित गरे सेमिफाइनलमा स्थान बनाउनेछ।
यस्तोमा पाकिस्तान समूह चरणको अन्तिम खेलअघि नै सेमिफाइनल दौडबाट बाहिरिनेछ।
आजको यो खेलमा पाकिस्तानको विशेष नजर रहनेछ। आज राति हुने खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई हराए पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहनेछ।
सुपर ८ को आफ्नो समूहको अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाई फराकिलो अन्तरले हराएर मात्र पुग्दैन। नेट रन रेट पनि बलियो बनाउन सके सेमिफाइनल पुग्नेछ।
त्यसैले पाकिस्तान आजको खेलमा न्युजिल्यान्डको हारको प्रतीक्षामा हुनेछ।
Shares

प्रतिक्रिया