न्युजिल्यान्डका जिम्मी निसमले सामाजिक सञ्जालमा नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्ससँग आफ्नो पारिश्रमिक मागेका छन्।
पोखरा एभेन्जर्सले गरेको सो पोष्टमा जिम्मीले कमेन्ट गर्दै पारिश्रमिक मागेका हुन्।
पोखराले जिम्मीले गरेको १६औँ ओभरको बलिङको प्रशंसा गरेको थियो। जसमा जिम्मीले ‘कुल, पे योर प्लेयर्स भन्दै कमेन्ट गरे। यो कमेन्टपछि अहिले सामाजिक सञ्जालमा यसको चर्चा भइरहेको छ।
पोखराले जिम्मीको पारिश्रमिक छिट्टै दिने समेत बताइसकेको छ। एनपीएलको दोस्रो सिजन जिम्मीले सुरुवाती चार खेल खेलेका थिए।
विश्वकपको फाइनलमा जिम्मीले उत्कृष्ट प्रदर्शन गरे पनि न्युजिल्यान्ड ९६ रनले पराजित भएको थियो।
Shares

प्रतिक्रिया