खेल


सहिद स्मारक एन्फा महिला लिगको खेल तालिका सार्वजनिक

सहिद स्मारक एन्फा महिला लिगको खेल तालिका सार्वजनिक

नेपालखबर
फागुन २८, २०८२ बिहिबार १४:९, काठमाडौँ

सहिद स्मारक एन्फा महिला लिग २०२६ को खेल तालिका सार्वजनिक भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार महिला लिगको खेल तालिका सार्वजनिक गरेको हो। 

एन्फाका अनुसार लिग चैत्र ४ गतेदेखि सुरु हुनेछ। एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लब खेल्नेछन्। 

सोही दिन त्रिभुवन आर्मी क्लब र झापा एफसी खेल्ने तालिका छ। 

लिगको दोस्रो दिन बागमती युथ क्लब र आरएस पोखरा तथा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड खेल्नेछन्। 

लिगमा तीन विभागीयसहित १० टोलीले स्पर्धा गर्नेछन्। 

लिगमा न्युरोड टिम एनआरटी, त्रिभुवन आर्मी एफसी, बागमती वाइसी, नेपाल पुलिस क्लब, राप्ती एफसी, एपीएफ एफसी, चर्च ब्वाइज युनाइटेड, आरएस पोखरा, झापा एफसी र संकटा एफसी खेल्नेछन्। 

लिग चैत ४ देखि वैशाख १२ गतेसम्म चल्नेछ। लिगका सबै खेल च्यासल खेल मैदानमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad