हङकङसँगको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीको घोषणा भएको छ।
राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गग्लिएल्मो एरेनाले मैत्रीपूर्ण खेलका लागि ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन्।
प्रशिक्षक एरेनाले हङकङसँगको खेलसँगै नेपाली टोलीको जिम्मेवारी सम्हाल्नेछन्। नेपालले आगामी १२ गते घरेलु मैदानमा मैत्रीपुर्ण खेल खेल्दै छ।
प्रारम्भिक टोलीमा को को?
अविशेक लिम्बु, आदित्य शाक्य, अजय चौधरी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आविस्कार खड्का, आयु्ष घलान, भरत खवास, विशाल सुनार, दिप कार्की, दिपेश गुरुङ, दिनेश हेन्जन छन्।
त्यसैगरी, दिवाकर चौधरी, जर्जप्रिन्स कार्की, जिलेस्पीजंग कार्की, किरण चेम्जोङ, किरण सुनार, कृतिशरत्न छुन्जु, कुशल देउवा, लच्छु थापा, लाकेन लिम्बु, मनि लामा, मनिष डाँगी, मिलन लामा, नवयुग श्रेष्ठ, ओसेन्द्र कटुवाल, पदम भट्टराई, पदम कुमार तामाङ, पेम्बा दोर्जे लामा, प्रदीप बुढाथोकी, प्रदीप लामा, प्रतापसिंह राई, रामबाबु कुमार शा पनि प्रारम्भिक टोलीमा अटाएका छन्।
यीबाहेक, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सकल रेग्मी, सनिस श्रेष्ठ, सरज तामाङ, शंकर थारु, सृजन राज गौतम, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगेश धिमाल, योगेश गुरुङ, युवराज खड्का रहेका छन्।
Shares

प्रतिक्रिया