खेल


साफ च्याम्पियनसिपका लागि प्रारम्भिक टोली घोषणा

साफ च्याम्पियनसिपका लागि प्रारम्भिक टोली घोषणा

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १४:१८, काठमाडौँ

साफ महिला च्याम्पियनसिप २०२६ का लागि ३५ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक भएको छ। 

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन्। बन्द प्रशिक्षण १४ गते सोमबारदेखि ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सुरु हुनेछ। 

साफ च्याम्पियनसिप जेठ ११ देखि २४ गतेसम्म भारतको गोवास्थित फाटोर्डा स्टेडियममा हुनेछ। प्रशिक्षक न्यौपानेको प्रशिक्षणमा महिला टोलीले पहिलो पटक साफ च्याम्पियनसिप खेल्न लागेको हो।

प्रारम्भिक महिला टोली: एञ्जिाला तुम्बाप्पो सुब्बा, अञ्जना राना मगर, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, विमला विक, विमला चौधरी, बिर्सना चौधरी, दीपा शाही, गीता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाई, मिना देउवा, नेहाकुमारी चौधरी, निशा थोकर, पुनम चेम्जोङ, प्रतिक्षा चौधरी, प्रिती राई, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविना चौधरी, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू, सुक्रिया मिया, शुशीला कुमारी र उषा नाथ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad