यूएईसँगको दोस्रो टी–२० आई खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरिले युएईविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।
नेपालले अघिल्लो खेलबाट आज ४ खेलाडी परिवर्तन गरेको छ। अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद र शेर मल्ल आजको खेलमा बेन्चमा छन्।
उनीहरुको स्थानमा लोकेश बम, सन्तोष यादव, आरिफ शेख, साहब आलम प्लेइङ ११ मा आएका छन्।
प्लेइङ ११ः
दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, सन्तोष यादव, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, सन्दीप लामिछाने, साहब आलम र हेमन्त धामी
45
Shares

प्रतिक्रिया