खेल


पावर प्लेमा यूएईमाथि दबाब बनाउँदै नेपाल

पावर प्लेमा यूएईमाथि दबाब बनाउँदै नेपाल

तस्बिर : क्यान


नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १७:३७, काठमाडौँ

यूएईविरुद्धको दोस्रो टी–२० आई खेलको पावर प्ले मा नै नेपाली टोलीले दबाब बनाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको नेपालले पावर प्ले मा नै ३ विकेट लिएको छ। 

यूएईले ६ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा ४७ रन बनाएर खेलिरहेको छ। क्रिजमा अदिव उस्मान ३० र अर्षदिप नाथ १५ रनमा अविजित छन्। 

हेमन्त धामीले २ तथा नन्दन यादवले एक विकेट लिएका छन्। हेमन्तले पहिलो र तेस्रो ओभरमा एक विकेट लिदै दबाबमा राखे। 

यूएईका ओपनर तथा कप्तान मुहम्मद वसिम इनिङसको पहिलो बलमा नै आउट भए। दोस्रो ओभरको चौथो बलमा अलिसान सराफु १ रन बनाउँदा नन्दन यादवको बलमा विकेट किपर लोकेश बमको हातबाट आउट हुन पुगे। 

हरप्रित सिंह १ रनमा हेमन्त धामीको बलमा एलबीडब्लु धरापमा परे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad