सन्दीप लामिछानेको सानदार बलिङमा युएईविरुद्धको दोस्रो टी–२० आई खेलमा घरेलु टोली नेपालले जितका लागि १ सय २९ रनको मध्यम लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रनको योगफल तयार पारेको हो।
अर्षदिप नाथ ५३ र मुहम्मद जुहैब ६ रनमा अविजित रहे। नाथले ४२ बलमा ३ चौका र ६ छक्का सहयोगमा ४२ रनमा अविजित रहे।
३६ बलमा २ चौका र १ छक्का सहयोगमा ३२ रन बनाएका मुहम्मद अफरान १९ औँ ओभरको दोस्रो बलमा सन्दीप लामिछानेको बलमा कप्तान दीपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट हुन पुगे। सोही ओभरको तेस्रो बलमा खुजैमा तनविर शुन्य रनमा नै ऐरिको हातबाट क्याच आउट भए।
युएईविरुद्ध नेपालले सुरुवात देखि नै दबाब बनाएको थियो। सुरुवात बाट नै घरेलुसँग दबाबमा परेको युएईले पावर प्ले मा नै ३ विकेट गुमाएर ४७ रन बनाएको थियो।
सातौँ विकेटका लागि अफरान र अर्षदीप नाथले ६४ रनको साझेदारी गर्दै युएईको इनिङ्स उकासेका थिए।
अदिव उस्मानले ३० रन बनाए। उनले २२ बलमा २ चौका र २ छक्का सहयोगमा ३० रन बनाउँदा सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे।
युएईका ओपनर तथा कप्तान मुहम्मद वसिम इनिङसको पहिलो बलमा नै गोल्डेन डक आउट भए। दोस्रो ओभरको चौथो बलमा अलिसान सराफु १ रन बनाउँदा नन्दन यादवको बलमा विकेट किपर लोकेश बमको हातबाट आउट हुन पुगे। हरपित सिंह १ रनमा हेमन्त धामीको बलमा एलबीडब्लु धरापमा परे।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। किफायती बलिङ गरेका सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र ६ रन दिए। हेमन्त धामीले २ विकेट लिए। नन्दन यादव र साहब आलमले समान एक विकेट बनाए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
Shares

प्रतिक्रिया