यूएईविरुद्धको दोस्रो टी–२० आई खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ।
यूएईले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको नेपालले पावर प्लेमा बिना विकेटको क्षतिमा ५१ रन बनाएर खेलिरहेको छ।
क्रिजमा ओपनर कुशल भुर्तेल ३५ र कुशल मल्ल १५ रनमा नटआउट छन्।
दुई खेलको सिरिजमा नेपालले आजको खेलमा जित निकाल्दै बराबरीको मौका छ।
त्यसयता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रनको योगफल तयार पारेको थियो।
171
Shares

प्रतिक्रिया