नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा भानुआटासँग २२ रनले पराजित भएको छ।
शुक्रबार च्यालेन्ज ट्रफीमा नेपालले दोस्रो हार बेहोरेको दिन भानुआटाले भने पहिलो जित निकालेको छ। भानुआटाले दिएको ९८ रनको झिनो लक्ष्य पछ्याएको नेपाल १५.३ ओभरमा ७५ रनमा अलआउट भयो।
नेपालका लागि सम्झना खड्काले बनाएको २४ रन नै सर्वाधिक रह्यो। कप्तान इन्दु बर्माले १३ र कविता कुवँरले १० रन बनाए अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
त्यसअघि टस जितेर ब्याटिङ गरेको भानुआटाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९७ रनको योगफल तयार पारेको थियो।
नेपाली टोलीले यसअघि रुवान्डालाई दुई विकेटले हराएको थियो। दोस्रो खेलमा इटालीलाई ५० रनले हराएको नेपाली टोली पहिलो खेलमा भने अमेरिकासँग ४४ रनको हार बेहोरेको थियो।
नेपालले आइतबार पुनः अमेरिकासँग खेल्ने तालिका छ। यसैगरी २८ अप्रिलमा रुवान्डासँग, ३० अप्रिलमा भानुआटासँग र अन्तिम खेल १ मेमा इटालीसँग खेल्ने तालिका छ।
च्यालेन्ज ट्रफी प्रतियोगिता आगामी १ मेसम्म रुवान्डामा चल्नेछ। च्यालेन्ज ट्रफीमा अमेरिकाबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपबाट इटाली, पूर्वी एसियाबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा सहभागी छन्।
Shares

प्रतिक्रिया