आइसीसी महिला टी–ट्वान्टी च्यालेन्ज ट्रफी अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ।
रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट मैदानमा अमेरिकारले नेपालविरुद्ध बलिङ गर्दैछ। चार खेल खेलेको नेपाल दुई जितसहित अंक तालिकाको तेस्रो स्थानमा छ। समान खेलबाट ६ अंक जोडेको अमेरिका भने शीर्ष स्थानमा छ।
नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा अमेरिकासँग ४३ रनको हार व्यहोरेको थियो। त्यसपछि इटाली र रुवाण्डालाई पराजित गरेको नेपाल चौथो खेलमा भानुआटुसँग पराजित भएको थियो।
डबल राउण्ड रोबिन लिगपछि तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।
336
Shares

प्रतिक्रिया