खेल


एपीएफले चन्द्रगढी गोल्डकप जित्यो, रेनुकाले पाइन् एक लाख एक हजार

एपीएफले चन्द्रगढी गोल्डकप जित्यो, रेनुकाले पाइन् एक लाख एक हजार

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १९:४९, काठमाडौँ

झापामा सम्पन्न चन्द्रगढी गोल्डकपमा सर्वोत्कृष्ट खेलाडीको घोषित भएर रेनुका नगरकोटेले एक लाख एक हजार रुपैयाँ पाएकी छिन्। प्रत्येक खेलमा उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

रक्षात्मक तथा आक्रमक दुवै भूमिकामा सशक्त देखिएकी उनको प्रदर्शनको सहयोगमा एपीएफले चन्द्रगढी गोल्डकप जित्न सक्यो।

सोमबार भएको फाइनल खेलमा रश्मिकुमारी घिसिङले १ गोल गरिन्। त्यो एक गोल त्रिभुवन आमी क्लबलाई पराजित गर्न काफी भयो। ७२ औँ मिनेटमा रश्मीले गोल गरेकी थिइन्।

एपीएफका खेलाडी धेरै खेलाडी उत्कृष्ट घोषित भए। प्रतियोगिताको उत्कृष्ट गोलकिपर अञ्जना रानामगर, डिफेन्डर गीता राना र फरवार्ड रश्मिकुमारी घिसिङ भए।

आयोजक चन्द्रगढी युवा क्लबकी गोलकिपर सबनम राई ‘राइजिङ प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुँदा त्रिभुवन आर्मी फुटबल क्लबकी दीपा शाहीले उत्कृष्ट मिडफिल्डरको उपाधि जितिन्।

विधागत उत्कृष्ट खेलाडीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।
एपीएफले लगातार आर्मीलाई हराएको यो दशौँ पटक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad