आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा ओमानविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले बलिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो।
युएईविरुद्धको खेलबाट नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन भएको छ। मुख्य प्रशिक्षक स्टुआर्ट ल ले ललित राजवंशीको स्थानमा गुल्सन झालाई प्लेइङ ११ मा ल्याएका छन्।
पहिलो खेलमा युएईलाई ३७ रनले हराएको नेपाली टोली दोस्रो जित निकाल्न पार्न चाहान्छ। शीर्ष ६ मा रहेर एक दिवसीय वरियता बचाउन नेपाललाई जितको आवश्यक छ।
लिगको २१ खेलमध्य ६ खेलमा जित, १३ खेलमा हार र दुई खेलमा अंक बाँडेको नेपाली टोली १४ अंकमा तालिकाको सातौँ स्थानमा छ।
लिग २ मा २५ खेल खेलेको ओमानले १३ खेलमा जित, ९ खेलमा हार र ३ खेलमा अंक बाँड्दै २९ अंकमा तालिकाको तेस्रो स्थानमा छ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा ओमान सिरिजमा पहिलो जितको खोजीमा छ। सिरिजको आफ्नो पहिलो खेलमा ओमान भने युएईसँग २५ रनले पराजित भएको थियो।
नेपालको प्लेइङ-११
कुशल भुर्तेल, आशिफ शेख, भिम सार्की, रोहित पौडेल, बसिर अहमद, दिपेन्द्र सिंह ऐरि, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, गुल्सन झा
Shares

प्रतिक्रिया