आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रोकिएको छ।
ओमानले दिएको ३ सय ६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय ५५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो।
क्रिजमा गुल्सन झा १४ र सोमपाल कामी २ रनमा नटआउट छन्। दीपेन्द्रसिंह ऐरी ६० रन बनाउँदै पेभेलियन फर्के। भीम सार्की २८ रनमा आउट भए। रोहित पौडेलले १०, आरिफ शेखले १४ रन थपे।
ओपनर कुशल भुर्तेल १ रन बनाउँदा एलबीडब्लु धरापमा परे। आशिफ शेख १९ रनमा क्याच आउट हुन पुगे। रोहित कुमार पौडेल १० रन बनाउँदा नदीम खानको बलमा बोल्डआउट भए। १ रन बनाएका बसिर अहमद पनि नदिम कै बलमा आउट हुन पुगे।
ओमानका लागि नदिम खानले ३ विकेट लिए। सकिल अहमदले २ विकेट लिए। मुहम्मद इमरान र वसिम अलीले समान १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रनको योगफल तयार पारेको थियो।






तस्बिर : सरोज नेपाल
Shares

प्रतिक्रिया