स्मिथ पटेलको शतकमा अमेरिकासँगको पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले जितका लागि २६३ रनको लक्ष्य पाएको छ।
शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६२ रनको योगफल तयार पारेको हो।
अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ११६ रनको योगदान दिए। जसदीप सिंह ३३ र हरमित सिंह २५ रनमा अविजित रहे।
मोनांक पटेलले २०, शुभम रन्जानेले १६, सञ्जय कृष्णमुर्तीले १५ र साइतेजा मुक्कमल्लाले १० रन बनाए।
नेपाल ‘ए’ का लागि पवन सर्राफले दुई विकेट लिए। विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, रासिद खान र नारायण जोशीले समान एक विकेट लिए।
नेपाल ‘ए’ टोलीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
99
Shares

प्रतिक्रिया