खेल


विश्वकप फुटबल यसपालि ३ देशमा, अर्कोपालि ६ देशमा खेलाएर ‘शताब्दी समारोह’ मनाइने

विश्वकप फुटबल यसपालि ३ देशमा, अर्कोपालि ६ देशमा खेलाएर ‘शताब्दी समारोह’ मनाइने

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार १६:१७, काठमाडौँ

विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२६ आउन अब ३४ दिन मात्र बाँकी छ।

यसपटक पहिलोचोटि तीन देशले संयुक्त रुपमा विश्वकप आयोजना गर्दै छन्। तीन राष्ट्र आयोजक भएको विश्वकपको पहिलो प्रतियोगिता हो।

त्यसैले ४८ टोली सहभागी विश्वकप पहिलो पटक हुँदै छ। यसअघि ३२ देशले विश्वकपमा स्पर्धा गर्दै आइरहेका थिए। २०२६ को मात्र हैन २०३० को विश्वकपले यही इतिहास दोहोर्‍याउने तयारी गरेको छ। २०३० को विश्वकप प्राविधिक रुपमा तीन महादेशमा ६ वटासम्म आयोजक राष्ट्र हुनेछन्। डिसेम्बर ११, २०२४ मा फिफाले २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने घोषणा गर्यो।

अधिकांश खेलहरू तीन देशहरूमा खेलाइनेछन् जसमा युरोपबाट स्पेन र पोर्चुगल तथा अफ्रिकाबाट मोरक्को हुनेछ। २०३० को विश्वकपले १९३० मा उरुग्वेमा आयोजना भएको पहिलो विश्वकपको १ सयौँ वार्षिकोत्सब मनाउँदै छ। यही विशेष अवसरमा फिफाले २०३० को विश्वकपको पहिलो केहीहरू आयोजना गर्ने तीन दक्षिण अमेरिकी देशहरूको पमि घोषणा गर्यो।

फिफाले २०३० को विश्वकपको पहिलो खेलहरूका लागि अर्जेन्टिना, पाराग्वे र उरुग्वे आयोजक राष्ट्र हुने घोषणा गर्यो। यी तीन दक्षिण अमेरिकी राष्ट्रहरूलाई फिफा विश्वकप २०३० शताब्दी समारोहको प्रमुख भाग हुन छनोट गरिएको थियो।

२०३० को विश्वकपमा ४८ टोलीले भाग लिनेछन् जसमा कुल १ सय ४ खेल हुनेछन्। जसले गर्दा ४८ टोली सहभागी दोस्रो विश्वकप हुनेछ।

२०३० को विश्वकपको खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा एउटा मात्र हुनेछ। अर्जेन्टिनको घरेलु खेल एस्टाडियो मोनुमेन्टलमा हुनेछ।

उरुग्वेको घरेलु खेल एस्टाडियो सेन्टेनारियोमा हुनेछ। पाराग्वेको घरेलु खेल एस्टाडियो ओस्भाल्डो डोमिनगेज डिब्बमा हुनेछ।

बाँकी १ सय १ विश्वकपका खेल स्पेन, पोर्चुगल र मोरक्कोमा खेलिनेछन्। मोरक्कोका ६ शहरहरूमा ६ रंगशालाहरू, पोर्चुगलका दुई शहरका तीन रंगशाला र स्पेनका ९ शहरका ११ रंगशालाहरू हुनेछन्। जसमध्य १७ सहरका कुल २० रंगशालामा खेल हुनेछ।

विश्वकपका सबै ६ आयोजक राष्ट्रहरू स्पेन, पोर्चुगल, मोरक्को, अर्जेन्टिना उरुग्वे र पाराग्वेले २०३० को विश्वकपमा खेल्नेछन् र अर्को विश्वकपका लागि छनोट हुने पहिलो टोलीहरू हुनेछन्। यो तीन महादेशहरूमा खेलिने पहिलो विश्वकप हुनेछ।

२०३० को विश्वकप घोषणा भएको दिन नै फिफाले २०३४ को विश्वकप साउदी अरेबियाले गर्ने बताइसकेको छ।

२०३४ को विश्वकपमा पनि ४८ टोली हुनेछन्। सम्भवत: २०३४ को विश्वकप पनि कतारमा २०२२ को जस्तै जाडोमा खेलिनेछ। मध्यपूर्वमा गर्मीको तीव्र तापक्रमका कारण विश्वकपका खेलहरू जाडोमा सर्ने सम्भावना छ।

२०३४ को विश्वकपका लागि साउदी अरेबियाले पाँच सहरहरूमा १५ वटा रंगशालाहरू बनाउने योजना बनाएको अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad