खेल


अमेरिकासँगको खेलमा नेपाल ‘ए’ टोली विजयी

अमेरिकासँगको खेलमा नेपाल ‘ए’ टोली विजयी

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार १७:१७, काठमाडौँ

अमेरिकालाई पराजित गर्दै नेपाल ‘ए’ टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ। शुक्रबार भएको अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले अमेरिकालाई तीन विकेटले पराजित गरेको हो। 

यसअघि बिहीबार स्कटल्यान्डसँगको पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले बिहीबार ४५ रनको जित निकालेको थियो। नेपाल ‘ए’ टोलीले शनिबार स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ। 

शुक्रबार अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ टोलीले पाँच बल अगावै सात विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि मयन यादवले सर्वाधिक ७२ रनको योगदान दिए। 

खेलको ४७औँ ओभरमा पवन सर्राफले लगातार बाउन्ड्री प्रहार गरेपछि नेपाल ‘ए’ टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकालेको हो। पवन सर्राफ २४ रनमा अविजित रहे। दिपक डुम्रे दुई रनमा नटआउट रहे। 

ओपनर तृतराज दासले २३ र अनिलकुमार शाहले २७ रन बनाए। सन्दीप जोरा ३६ रनमा पेभेलियन फर्के। कुशल मल्ल ३३ र बसिर अहमद १८ रनमा बोल्ड आउट हुन पुगे।  

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६२ रनको योगफल तयार पारेको थियो।  

अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ११६ रनको योगदान दिए। जसदीप सिंह ३३ र हरमित सिंह २५ रनमा अविजित रहे। 
मोनांक पटेलले २०, शुभम रन्जानेले १६, सञ्जय कृष्णमुर्तीले १५ र साइतेजा मुक्कमल्लाले १० रन बनाए। 

नेपाल ‘ए’का लागि पवन सर्राफले दुई विकेट लिए। विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, रासिद खान र नारायण जोशीले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad