आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार शृंखलाका लागि टोली घोषणा गरेको हो। क्यानले घोषणा गरेको टोलीमा ओमान र यूएई सम्मिलित शृंखलाबाट एक खेलाडी परिवर्तन भएका छन्।
रोहित पौडेलको कप्तानीमा घोषणा भएको टोलीमा बसिर अहमदको स्थानमा इशान पाण्डेले टोलीमा आएका छन्। इशानले पहिलो पटक एक दिवसीय टोलीमा स्थान बनाएका हुन्। इशानले नेपालको राष्ट्रिय टोलीबाट टी-२० भने खेलिसकेका छन्।
नेपालले मंगलबारदेखि घरेलु मैदानमा त्रिकोणात्मक सिरिज खेल्दै छ। शृंखलाको पहिलो खेलमा नेपालले मंगलबार स्कटल्यान्डविरुद्ध खेल्नेछ। दोस्रो खेलमा शनिबार अमेरिकासँग खेल्नेछ। आगामी सोमबार स्कटल्यान्ड र शुक्रबार अमेरिकाविरुद्ध खेल्ने तालिका छ।
नेपाली टोली: रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, नन्दन याद, अर्जुन कुमाल र करण केसी।
Shares

प्रतिक्रिया