विश्वभरिका फुटबल प्रशंसकको मुखमा एक दशकयता झुन्डिएको एउटा साझा नाम हो— मेस्सी। फुटबलबारे केही थाहा नपाउनेले पनि उनको नाम सुनेका छन्, ‘फुटबल’ जस्तै। स्पेनी क्लब बार्सिलोनाका पूर्व खेलाडी उनी अहिले अर्जेन्टिानाको राष्ट्रिय टोलीका कप्तान छन्।
बार्सिलोनामा रहँदा उनले क्लबका लागि ला–लीगा र युरोपेली फुटबलका सबै खालै प्रतियोगिता जिताए। आफ्नो देशमा विश्वकप फुटबलको ट्रफी भित्र्याए।
यिनै मेस्सीले बोलेका २ शब्दले अहिले विश्वका स्पोर्टस मिडियामा सनसनी फैलिइरहेको छ। फुटबलका जादुगर मेस्सीले बार्सिलोनामा आफ्नो उत्तराधिकारीको रूपमा स्पेनिस युवा प्रतिभा लामिन यामल रहेको सार्वजनिक रुपमै बताए।
विश्व फुटबलमा एक दशकभन्दा बढी मेस्सी र क्रिस्टियानो रोनाल्डोले राज गरेका थिए। अब त्यो स्थान कसले लिनेछ भन्ने चर्चा बहस भइरहँदा मेस्सीले १८ वर्षीय युवालाई चुनेका हुन्।
एडीडासको एउटा कार्यक्रममा हालै उनले बिना हिचकिचाहट यामललाई वर्तमान विश्वको उत्कृष्ट युवा प्रतिभा बताए। ‘कुन युवा खेलाडीमा आफ्नो प्रतिविम्ब देख्नुहुन्छ’, कार्यक्रममा मेस्सीलाई सोधिएको थियो। उनले २ शब्द मात्र बोले। त्यो दुई शब्द ‘लामिन यामल’ थियो।
बार्सिलोनामा १० नम्बरको जर्सी लगाउने यामलले यही सिजनमै लोभलाग्दो सफलता पाएका छन्। उनले २०२५/२६ को सिजनमा ४५ खेले, २४ गोल गरे अनि१८ असिस्ट गरे। टिनएजर यामलले गरेको यो प्रदर्शनलाई फुटबल पण्डितहरुले ‘असाधारण’ भन्ने गरेका छन्।
मेस्सी र यामलको समानता
यामल र मेस्सीबीच धेरै समानताहरू छन्। दुवै जना बार्सिलोनाकै प्रख्यात ‘ला मासिया’ एकेडेमीका उत्पादन हुन्। मेस्सीले जस्तै यामलले पनि निकै सानो उमेरमा सिनियर टोलीमा स्थान बनाए। मेस्सी जस्तो महान खेलाडीसँगको तुलनाले यामलमाथि दबाब पनि थपेको छ।
Shares

प्रतिक्रिया