उनी कोलम्बियाका अट्याकिङ मिडफिल्डर र विङ्गर हुन्। आफ्नो देशका लागि गरेको प्रदर्शनभन्दा क्लब परिवर्तनका कारण जेम्स रोड्रिवेज धेरै चर्चामा रहे। राष्ट्रिय टोलीमा सधैँ उत्कृष्ट लयमा देखिने उनका लागि क्लब स्तरीय प्रतियोगिता त्यही अनुसार हुन सकेनन्।
अमेरिकी क्लब मिनिसोटा युनाइटेडमा थप बस्न सक्ने विकल्प छ। त्यसका लागि उनले जुन १ सम्म सम्झौता नवीकरण गरिसक्नु पर्छ। उनले त्यसो गरेका छैनन्।
बुधबार कोलोर्याडो र्यापिड्सविरुद्धको खेलपछि मिनेसोटा छोड्ने चर्चा छ। यदि मैदानमा देखिए भने यो उनको करिअरको अन्तिम खेल पनि हुनसक्छ। कोलम्बियाका मिडियाहरुले उनले विश्वकप पछि सन्यास लिने चर्चा गरिरहेछन्। समग्र परिस्थिति मेल खाइरहेको छ।
सन् २०१४ चम्किएका उनले कोलम्बियाका लागि सधैँ उत्कृष्ट प्रदर्शन गरे। रियल म्याड्रिड, एभर्टन, अल–रयान, लियोन लगायत विश्वका ठूला क्लबबाट उनले खेले। यदि रोड्रिग्वेज आइतबार वा बुधबारको खेलमा देखिएनन् भने, यो उनको करियरकै सबैभन्दा छोटो क्लब बसाइ हुनेछ।
Shares

प्रतिक्रिया