खेल


४५ जिल्ला क्रिकेट संघहरूलाई २ लाख रुपैयाँ दिने क्यानको निर्णय

४५ जिल्ला क्रिकेट संघहरूलाई २ लाख रुपैयाँ दिने क्यानको निर्णय

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १९:२२, काठमाडौँ


नेपाल क्रिकेट संघ (क्यान) ले ४५ जिल्ला क्रिकेट संघहरूलाई २ लाखको दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगबाट प्राप्त आम्दानीबाट सम्पूर्ण ४५ जिल्ला क्रिकेट संघहरूलाई २ लाखको दरले रकम उपलब्ध गराउने निर्णय गरिएको क्यानले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

आज (वैशाख २७ गते) विराटनगरमा सम्पन्न नेपाल क्रिकेट संघको वार्षिक साधारण सभाले सो निर्णयहरू गरेको प्रवक्ता छुम्बी लामाले जनाएका छन्।

यस्ता छन् क्यानका ६ निर्णयहरू

१- संघको आ.व.२०८१/०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्ने निर्णय वार्षिक साधारण सभाले गरेको छ।

२- नेपाल क्रिकेट संघ केन्द्रीय कार्यसमितिबाट पेस हुन आएको संघको सन् २०२६ को वार्षिक कार्यक्रम, कार्य योजना र बजेट अनुमोदन गर्ने निर्णय गरिएको छ। साथै उक्त अवधिमा एसीसी/आईसीसीबाट थप कार्यक्रम आएको खण्डमा वार्षिक कार्यक्रम र बजेटमा समायोजन गरी कार्यान्वयन गर्न केन्द्रीय कार्यसमितिलाई अख्तियारी दिने निर्णय गरियो।

३- नेपाल क्रिकेट संघको आयोजनामा सम्पन्न पहिलो र दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को आय व्यय विवरण पारित गर्ने निर्णय गरिएको छ।

४- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगबाट प्राप्त आम्दानीबाट सम्पूर्ण ४५ जिल्ला क्रिकेट संघहरूलाई २ लाखको दरले रकम उपलब्ध गराउने निर्णय गरिएको छ।

५- जिल्ला संघहरूले सञ्चालन गर्ने कार्यक्रमहरूको आधारमा जिल्लाहरूलाई स्कोर कार्ड ग्रान्ट उपलब्ध गराउने निर्णय गरिएको छ।

६- यस वर्षदेखि प्रत्येक वर्षको डिसेम्बरमा निम्न विधामा क्यान एनुअल अवार्ड घोषणा गर्ने निर्णय गरियो। अवार्डहरु: वेस्ट मेल प्लेअर अवार्ड, वेस्ट फिमल प्लेअर अवार्ड, वेस्ट युथ प्लेअर अवार्ड (मेल / फिमेल), लाइफ टाइम अचिभमेन्ट अवार्ड एन्डमुमेन्ट अफ द इयर।
प्रवक्ता छुम्बी लामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad