खेल


अमेरिकाविरुद्धको खेलमा नेपाल सात रनले विजयी

अमेरिकाविरुद्धको खेलमा नेपाल सात रनले विजयी

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १७:३८, काठमाडौँ

अन्तिम खेलमा अमेरिकालाई पराजित गर्दै नेपाल ‘ए’ टोलीले स्कटल्यान्डसम्मिलित अभ्यास खेलमा शतप्रतिशत नतिजा हात पारेको छ। 

आईसीसी विश्वकप लिग-२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल ‘ए’ टोलीले दुई–दुई खेलको सिरिज खेलेको थियो। नेपाल ‘ए’ टोलीले सबै खेलमा जित निकालेको हो। 

सोमबार भएको अन्तिम खेलमा नेपालले अमेरिकालाई सात रनले पराजित गरेको छ। नेपालले पहिलो खेलमा अमेरिकालाई ४५ रनले हराएको थियो। नेपाल ‘ए’ टोलीले स्कटल्यान्डलाई पहिलो खेलमा ४५ र दोस्रो खेलमा डीएल मेथडमा नौ रनले जित हात पारेको थियो। 

अन्तिम अभ्यास खेलमा नेपालले दिएको २६५ रनको लक्ष्य पछ्याएको अमेरिका पाँच बल अगावै २५७ रनमा अलआउट भयो। अमेरिकाका लागि शेहान जयसुरियाले सर्वाधिक ७१ रन बनाए। शुभम रन्जानेले ४७ र शयान जगानगिरले ४१ रन थपे। स्मित पटेलले ३३, साइतेजा मुक्कमल्लाले १६ र मिलिन्द कुमारले ११ रन बनाए। 

अमेरिकालाई रोक्न नेपालका लागि शेर मल्लले चार विकेट लिए। शेरले ७.१ ओभरमा ४० रन खर्चे। 

त्यस्तै, बसिर अहमदले तीन विकेट लिए। शाहब आलम र पवन सर्राफले समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ‘ए’ टोली एक बल अगावै २६४ रनमा अलआउट भयो। 

नेपालका लागि सन्दीप जोराले १११ रनको योगदान दिए। ११५ बलमा १११ रन बनाएका सन्दीप रुसिल उगारकारको बलमा क्याच आउट हुन पुगे। 

बसिर अहमदले ३८ र मयन यादवले २४ रन बनाए। पवन सर्राफले २० र नारायण जोशीले १६ रन थपे। 

अमेरिकाका लागि सौरभ नेत्रवल्करले तीन विकेट लिए। उनले आठ ओभरमा २१ रन खर्चे। जसदिप सिंहले दुई विकेट लिए। शुभम रजाने, मोहम्मद माहसिन, मिलिन्द कुमार र रुसिल उगारकारले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad