खेल


तीन वर्षपछि कुशलले बनाए शतक

तीन वर्षपछि कुशलले बनाए शतक

तस्बिर: सरोज नेपाल/नेपालखबर


नेपालखबर
जेठ २, २०८३ शनिबार १५:९, काठमाडौँ

ओपनर कुशल भुर्तेलले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध शतक प्रहार गरेका छन्। 

शनिबार कुशलले १०४ बलमा १२ चौका र ३ छक्का सहयोगमा शतक पूरा गरेका हुन्। ओडीआईमा भुर्तेलको यो दोस्रो शतक हो। 

लिग–२ शृंखलाको पछिल्लो तीन खेलमा भुर्तेल बेन्चमा थिए। भुर्तेलले यसअघि २०२३ मा घरेलु मैदानमा नै लिग–२ शृंखलामा नामिबियाविरुद्ध शतक पूरा गरेका थिए। 

अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपालले ३३ ओभरको खेल जारी रहँदा एक विकेटको क्षतिमा १६७ रन बनाएर खेलिरहेको छ। 
क्रिजमा भुर्तेल सय रनमा र इशान पाण्डे आठ रनमा अविजित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad