खेल


विश्वकप खेल्ने टोलीमा समेटिए नेयमार

विश्वकप खेल्ने टोलीमा समेटिए नेयमार

नेपालखबर
जेठ ५, २०८३ मंगलबार ११:७, काठमाडौँ

ब्राजिलका फरवार्ड नेयमार जुनियर फिफा विश्वकप २०२६ का लागि घोषणा गरिएको २६ सदस्यीय टोलीमा परेका छन्। 

मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले घोषणा गरेको टोलीमा नेयमारले स्थान पाएका हुन्।

ब्राजिलियन क्लब सान्तोसका लागि खेल्ने ३४ वर्षिय नेयरमाले १ सय २८ खेलमा ७९ गोल गर्दै अहिलेसम्म देशका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्।

पछिल्लो समय चोटसँग जुधिरहेका नेयमार टोलीमा पर्छन् कि पर्दैनन् भन्ने चासो ब्राजिलियन समर्थकबिच थियो। 

विश्वकप खेल्ने टोलीमा स्थान बनाएसँगै उनले चौथोपटक विश्वकप खेल्ने छन्। यसअघि उनले सन् २०१४, २०१८ र २०२२ को विश्वकप खेलेका थिए। 

इटालियन प्रशिक्षक एन्सेलोटीले रियो दि जेनेरियोमा टोली घोषणा गरे। जब उनले नेयमारको नाम घोषणा गरे तब प्रशंसकले हर्षोल्लास मनाएका थिए। 

गत वर्ष ब्राजिलको प्रशिक्षकमा नियुक्त एन्सेलोटीले भने, हामीले वर्षभरि नेयमारको विश्लेषण गर्‍यौँ, पछिल्लो समय उनी राम्रो शारिरिक अवस्थामा रहेका कारण टोलीमा परे। 

पाँचपटकको च्याम्पियन ब्राजिलले जुन १३ मा मोरोक्कोसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। २० जुनमा हाइटीसँग र समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध खेल्नेछ।

विश्वकप खेल्ने ब्राजिलको टोली

गोलरक्षकः एलिसन (लिभरपुल), एडरसन (फेनेरबासे), वेभर्टन (ग्रेमियो)

डिफेन्डरः एलेक्स सान्ड्रो, ड्यानिलो, लियो परेरा (फ्लेमेन्गो), ब्रेमर (युभेन्टस), इबानेज (अल अहली), वेस्ले (रोमा), मार्किन्होस (पेरिस सेन्ट जर्मेन), गेब्रियल (आर्सनल), डगलस सान्तोस (जेनिट सेन्ट पिटर्सबर्ग)

मिडफिल्डरः  ब्रुनो गुइमारेस (न्यूकासल), कासेमिरो (म्यानचेस्टर युनाइटेड), ड्यानिलो सान्तोस (बोटाफोगो), फाबिनहो (अल इतिहाद), लुकास पाकेटा (फ्लेमेन्गो)

फरवार्डः एन्ड्रिक (लियोन), गेब्रियल मार्टिनेली (आर्सनल), इगोर थियागो  (ब्रेन्टफोर्ड), म्याथ्युस कुन्हा (म्यानचेस्टर युनाइटेड), राफिनहा (बार्सिलोना), भिनिसियस जुनियर (रियल म्याड्रिड), लुइज हेनरिक (जेनिट सेन्ट पिटर्सबर्ग), नेयमार (सान्तोस), रायन (बोर्नमो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad