खेल


एसियन गेम क्वालिफायरका लागि दीपेन्द्रको नेतृत्वमा टोली घोषणा

एसियन गेम क्वालिफायरका लागि दीपेन्द्रको नेतृत्वमा टोली घोषणा

नेपालखबर
जेठ १०, २०८३ आइतबार १४:१०, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)ले एसियन गेम क्वालिफायरका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। 

टोलीमा उनीसँगै कुशल भुर्तेल, रोहित पौडेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहव आलम रहेका छन्। 

एसियन गेम्स क्वालिफायर एक हप्तापछि अर्थात् मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा टी२० फरम्याटमा हुँदै छ। 

नेपालले मे ३१ बिहान ७:१५ बजे चीनसँग, जुन २ मा कतारसँग, जुन ४ मा मलेसियासँग खेल्नेछ। क्वालिफायरमा नेपालसँगै चीन, मलेसिया र कतार छन्। अर्को समूहमा सिंगापुर, ‌ओमान, हङकङ र बहरेन छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad