बेल्जियमको ईयू टी-२० बेल्जियम क्रिकेट लिगका लागि नेपालका गुलशन झा र ईशान पाण्डे चयन भएका छन्।
उनीहरू जेबी ब्रुग्सका तर्फबाट प्रतियोगितामा भाग लिने भएको नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
यससँगै नेपालबाट यो लिग खेल्ने खेलाडीको संख्या आठ पुगेको छ। यसअघि ब्रुग्सबाटै दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, ललितनारायण राजवंशीको नाम टुंगो लागेको थियो।
त्यस्तै सन्दीप लामिछाने रेड लायन्सबाट, आसिफ शेख आन्थ्रोप एंकर्सबाट र रोहित पौडेल ग्लेन्ट ग्लाडियटर्सबाट खेल्नेछन्।
यो लिग जुन ६ देखि हुँदै छ।
30
Shares

प्रतिक्रिया