खेल


रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र

रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १७:३८, काठमाडौँ

नेपालका रवीन्द्र ढाँटले रोड टु यूएफसी सिजन ५ को सेमिफाइनल यात्रा तय गरेका छन्। 

आज भएको खेलमा उनले फिलिपिनी किम्बर्ट एलिनटोजनलाई पराजित गर्दै मिश्रित मार्सियल आर्ट्स (एमएमए) इभेन्ट सिरिजमा सफलता हात पारेका हुन्। 

यसमा सफलता पाए अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी)मा प्रतिस्पर्धाको अवसर मिल्नेछ। 

ढाँट यो प्रतियोगितामा जित निकाल्ने पहिलो नेपाली बनेका छन्। किम्बर्टविरुद्ध उनले 'टेक्निकल नकआउट विन' हात पारे। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad