नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आइतबार चीनविरुद्ध खेल्दै यही वर्ष जापानमा हुने २०औँ एसियाली खेलकुदको छनोट यात्रा सुरु गर्दै छ।
सिंगापुरको सिंगापुर नेसनल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ।
नेपाल आज समूह चरणको पहिलो खेलमा चीनलाई हराउँदै एसियाली खेलकुद छनोटमा सुखद सुरुवात गर्न चाहन्छ।
नेपाल चीन र मलेसिया रहेको रहेको समूह एमा छ।
समूह बीमा भने बहराइन, हङकङ, ओमान र घरेलु टोली सिंगापुर छन्।
120
Shares

प्रतिक्रिया